हास्य कलाकार शम्भुराज थापाको निधन

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार ०८:४६

 

काठमाडौं – हास्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। ललितपुरको पाटनस्थित पाटन अस्पतालमा उपचारको क्रममा उनको शनिबार बिहान साढे ४ बजे ६४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कोरोना भाइरसबाट सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो। थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चारको विभिन्न टेलिफिल्म, मेरी बास्सैलगायतमा अभिनय गरेका छन्।

उनको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको आजै काठमाडौंस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

 

Next Post

गैरआवसायी नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

५ भाद्र २०७८, शनिबार ०८:४६
लण्डन  – गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवर्द्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिएका छन्। उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने […]