काठमाण्डौ । १ लाखभन्दा धेरै कोरोनाविरुद्धको खोप आज सोमबार नेपाल आउने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिन लागेको फाइजर खोप आज आउन लागेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको खोप शाखा प्रमुख डा सागर दाहालले जानकारी दिनुभयो ।
उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार मात्रा कोरोना खोप अनुदानमा नेपाललाई दिएको थियो ।
यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


