सुर्खेत । माओवादी केन्द्र परित्याग गरेका प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आईतबार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकता भेलामा उहाले पार्टी प्रवेश गर्नुभएको हो ।
उहालाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कंडेललगायतले स्वागत गर्नुभएको थियो । विष्टसहित माओवादी केन्द र अन्य पार्टीबाट केही व्यक्तिहरुले पार्टी प्रवेश गरेका छन् ।
विष्टले केही दिन अघि माओवादी केन्द्र परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहालाई आईतबार माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।


