माओवादी केन्द्र कर्णालीको अध्यक्षमा केसी

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार ०६:४३

सुर्खेत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित दुई सय ११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको थियो ।

त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिनुभयो ।

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुम पश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ ।

Next Post

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

१ पुष २०७८, बिहीबार ०६:४३
काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गर्नुभयो । बुधबार राति […]