दैलेख । माधव–प्रचण्ड समूहले आह्वान गरेको हड्तालमा आज माहाबु गाउँपालिका पनि पुर्ण रूपमा बन्द भएको छ ।
जिल्लाका अधिकांश स्थानीय तह लगायत महाबु गाउँपलिकाका बिद्यालय तथा सरकारी कार्यालयहरु पनि बन्द भएका छन । बुधबार नेपाल कमिनिष्ट पार्टी (ने.क.पा) माधव-प्रचण्ड समूहले वर्तमान के.पि. शर्मा वलि सरकारले प्रतिनिधि सभा विघटनको असवैधानिक कदम विरुद्ध बन्द हड्ताल गर्ने भनेर निकालेको प्रेस वक्तव्यका अनुसार आज विभिन्न ठाउँहरु लगायत महाबुमा पनि बन्द गरेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहिले कर्णाली दृष्टिलाई जानकारी दिए ।