दैलेख । महाबु गाउँपालिकाको वडा नं. ५ काशिकाँध पिपल चौतारा नजिक वर्ष ६ कि पबित्रा विकको अरिंगालको टोकाइबाट मृत्यु भएको छ ।
सोमबार दिउँसो घर नजिकैको खेतमा बेलाउतिको रुख गएको बेला पुरै अरिंगाल खनिएर उनिलाई टोकेको पबित्राको मामा बिपन विकले कर्णाली दृष्टिलाई जानकारी दिएका छन् । उनका अनुसार दिउँसो सबै केटाकेटी संग खेतमा गएको बेला अरिंगालले टोकेपछि पबित्रालाई घर ल्याएर स्थानीय जडिबुटी औषधि गरेको हो ।, तर औषधि गर्दा गर्दै बेलुकी ९ बजे मृत्यु भएको विकले बताएका छन्।


