दैलेखमा चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा :दुईको मृत्यु तीन बेपत्ता

चक्र प्रसाद पोख्रेल २५ फाल्गुन २०७७, मंगलवार ०७:५०


दैलेख :दैलेखकोआठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरता बडुवालको शव अछाम पञ्चदेववल विनायक नगरपालिका ४ कर्णली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएका हुन् ।
३५ वर्षीया आमा सुकु बडुवाल, ८ वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भेटिएको छैन, प्रहरी प्रमुख श्रेष्ठले मंगलबार गोताखोर टोलीबाट शव खोजतलास गरिनेछ । बेपत्ता सुकुका श्रीमान् मानसिंह बडुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

सोमबार बिहान घरबाट हिँडेका पाँच परिवार माइतमा नभेटिएपछि आफन्तबाट खोजतलास भएको आठबिस नगरपालिकाका उपप्रमुख दिपा बोहेराले बताइन् । श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्छन्, उनले भनिन् नदीमै दुई शव भेटिनुले पनि हाम फालेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।
मदिराकै कारण घरेलु हिंसा सहन नसकेकर आमासहित चार सन्तान फाल हाल्न बाध्य भएको हुन सक्ने अनुमान गरिएको छ ।

Next Post

अब हरेक विद्यालयमा स्काउट, ६ दिनमा तयार गरियो रोभर रेन्जर प्रशिक्षक

२५ फाल्गुन २०७७, मंगलवार ०७:५०
काठमाडौं :बालबालिका तथा युवा वर्गलाई अधिक मात्रामा स्काउटिङमा सहभागी गराईं उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउट सधैं सक्रिय छ । बालबालिका तथा युवा वर्गलाई जनसेवी, कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, चरित्रवान तथा सुयोग्य नागरिक बनाउन क्रियाशिल छ । यसैक्रममा […]