२ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार १९:४६

काठमाडौं –पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयकाअनुसार यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ।

कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टिजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ। आज देशका विभिन्न आइसीयूमा ७१८ र भेन्टिलेटरमा १६६ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ।

Next Post

माओवादी केन्द्रमा नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु

५ भाद्र २०७८, शनिबार १९:४६
काठमाडौं – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो । आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने […]