हरितालिका तिजको अवसरमा आयोजित पालिका स्तरीय तिज गित तथा नित्य प्रतियोगितामा जागृति आमा समुह महाबु २ बडाखोलाले प्रथम स्थान हासिल गरेको छ।
आयोजित प्रतियोगितामा ” बालविवाह तथा छाउपडी प्रथाको न्यूनीकरणमा मेरो भुमिका ” भन्ने बिषयमा तिज गित तथा नित्य कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा कृषि समुह, महबु-४, लालिगुरास समुह महाबु-१,खरिगैरा, उद्यमसिलता महिला बचत आमा समुह महाबु-४, गैडावाज बाल क्लब,बालमैत्री सांस्कृतिक क्लब, ज्वाला सांस्कृतिक क्लब, होमस्टे क्लब महाबु ४ र जागृति आमा समुह महाबु-२, लगायत ८ वटा समुह सहभागी रहेका थिए ।
जस मध्य जागृति आमा समुह, (प्रथम) उद्यमसिलता महिला बचत आमा समुह, (द्वितीय) कृषि समुह (तृतीय) होमस्टे आमा क्लब सान्त्वना भएका थिए ।
कार्यक्रममा महाबु गाउँपालिका उपाध्यक्ष मन्जु पाण्डेले महिला लाई आफ्नो सांस्कृति, भेषभुषालाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप ब्यावस्थित गर्ने भन्दै हिन्दू नारीहरुको महान चार्ड हरितालिका तिजको शुभकामना दिएकी छ्न ।


