काठमाडौँ :निषेधाज्ञा सुरु भएसँगै केही दिन यता तरकारीको भाउ क्रमश घट्ने क्रममा रहेको छ । मंगलबार (हिजो) रातो आलुको मुल्य अधिकतम ४५ रुपैँया प्रतिकिलो रहँदा बुधबार (आज) पाँच रुपैँयाले घटेर ४० रुपैँया प्रतिकिलो पुगेको छ ।
त्यस्तै, हिजो लोकल काँक्राको मुल्य ६० रुपैँया प्रतिकिलो रहँदा आज ५० रुपैँयामा झरेको छ । एकदिनको अन्तरालमै १० रुपैँयाले मुल्य घटेको देखिन्छ । भारतीय ठुलो गोलभेडामा १० रुपैंयाको गिरावट आएको छ । गत मंगलबार ६० रुपैँया रहँदा बुधबार (आज) ५० रुपैँया प्रतिकिलोमा उत्रिएको छ ।
अझ बैशाख १ गतेकै मुल्यसुचीसँग तुलना गर्ने हो भने, तरकारीको मुल्यमा नाटकिय रुपमा गिरावट आएको छ । बैशाख १ गते, काउली प्रतिकिलो ७० रुपैँया थियो, जुन वर्तमान परिस्थितिमा ५ं० रुपैँया पुगेको छ । हाल ६० रुपैँया मुल्य रहेको स्थानयि काउलीको मुल्य उक्त समय, एक सय रुपैँया प्रतिकिलो थियो ।
तितो करेलाको मुल्य ९० रुपैँयाबाट २० रुपैँया झरेको छ । जुन, ८० प्रतिशतको गिरावट हो । आधा प्रतिशतले मुल्य घट्ने तरकारीमा रायोको साग र भिण्डी पनि पर्छन् । रायोको साग र भिण्डीको मुल्य प्रतिकिलो एक सय रुपैँया बैशाख १ गते थियो । हालको लागि क्रमश ३० र ४० रुपैँयामा बजारमा पाइन्छ ।
बढी खपतमा आउने गोलभेडामा पनि १० रुपैँयाले गिरावट आएको छ । गत बैशाख १ गते प्रतिकिलो ६० रहेको गोलभेडा बुधबार ४५ देखि ५० को मुल्यमा पुगेका छन् । यसरी हेर्दा, तरकारीको मुल्यमा भरी आधा प्रतिशतले गिरावट आएको छ ।
खपतमा आएको कमीको कारण मुल्यमा गिरावट
तरकारी खपतमा आएको कमीको कारण पनि तरकारी भाउ घट्न थालेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । निषेधाज्ञासँगै उपत्यका छोडी आफ्नो गाउँठाउँ फर्किए । सोही कारण, बजार आउने उपभोक्ताहरूको कमी सोतह भयो । खपत घटेसँगै तरकारीको मुल्य घटाएर बेच्न पर्ने स्थिति आएको हो ।
‘निषेधाज्ञा लगतैका एक दुई दिन खपत भने बढेको थियो,’ प्रवक्ता श्रेष्ठ भन्छन् , ‘उक्त समय साँढे नौ सय मेट्रिक टन तरकारी आयात भएको थियो । जबकी औसत दिनमा सात सय मेट्रिक टन तरकारी बजारमा भित्रने गर्थे ।’
निषेधाज्ञासँगै तरकारी संचित गर्ने आशयले उक्त समय कारोबार हुनसकेको अनुमान प्रवक्ता श्रेष्ठले गरे । यद्यपि, बुधबारसम्मको तथ्यांक अनुसार दैनिकी ६ सय मेट्रिक टनको हाराहारीमा तरकारी बजारमा आएका छन् ।
तरकारी आयतमा खासै समस्या नभएको उनी बताउँछन् । हालको लागि तरकारी आपुर्तिमा खासै प्रभाव छैन । खपत गर्ने उपभोक्तामा कमी आउँदा तरकारी न्युन मुल्यमा बेच्न पर्ने स्थिति आएको उनले प्रस्ट्याए । यसले प्रत्यक्ष असर व्यापारी मात्र नभई तरकारी उब्जाउने किसानसम्म पुग्छ ।
एकतर्फ तरकारीको सिजन सुरु अर्को तर्फ थप कडाइ
नेपाल सरकारले बैशाख २२ गते बाट पुन लकडाउन बढाएको छ । भने, सोसँगै कडाइ पनि बढाएको छ । दैनिकी उपभोका वस्तु बिहान बेलुकीको निच्ति समयवाधि तोकिएको अवस्थामा बुधबारबाट बेलुकी किनमेलमा पनि प्रतिबन्ध लगाएको छ ।
प्रवक्ता श्रेष्ठ भन्छन्, ‘ अब झन् समयावधि घटाएर बिहानको एक समयमा मात्र राखिएको छ । ’ हालसम्म तरकारी स्टक रहेर फाल्नु पर्ने स्थिति आएको थिएन । अबको लागि भने पोहोर सालकै नियति दोहोरिने परिस्थिति नआउला भन्न नसकिने स्थिति रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । तरकारीजन्य वस्तु नाशवान् हुने कारण लामो समय स्टोरमा पनि राख्न नमिल्ने र तरकारी फाल्नुको विकल्प नभएको उनको बुझाइ छ ।
प्रवक्ता श्रेष्ठका अनुसार अबको लागि सिमी, बोडी, लोका, घिरौला, भिन्डी, भन्टा उत्पादन हुने सिजन सुरु भएको छ । एकतर्फ तरकारीको सिजन सुरु भयो भने अर्को तर्फ थप कडाइ, जसको कारण उत्पादन तथा बजारीकरणको समय देखिनु स्वाभिविक नै हुन्छ। बजार पाउने समयमै निषेधाज्ञाले पोहोर साल कै नियति दोहोरिने उनी बताउँछन् । तरकारी स्टकमा रहे फाल्नुको विकल्प छैन । भने, फार्म फार्ममा पुन तरकारी खेर जाने संकेत दिएको छ ।