दैलेख । स्वास्थ्य सेवा कार्यालय दैलेखमा पछिल्लो समय भाईरल ज्वरोका बिरामीहरुको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता रुघा खोकी लाग्ने, ज्वरो आउने तथा निमोनीया भएका बालवालीकाहरु अस्पतालमा धेरै आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
कार्यालयका अनूसार दैनीक ३० भन्दा बढी बालवालीकाहरु उपचारका लागी स्वास्थ्य सेवा कार्यालय दैलेखमा आउने गरेका छन । करीब १५ बेड क्षमता रहेको स्वास्थ्य सेवा कार्यालयमा अहीले ५२ बेड राखिएको छ । करीब १ महिना अगाडीदेखी नै भाईरल ज्वरोको संक्रमण देखीएको र त्यसमा बालवालीकाहरु धेरै प्रभावीत भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर जिवन ज्ञवालीले जानकारी दिए ।
बिरामी भएका बालवालीकाहरुमा कोरोना जाँच गर्दा भने नेगेटीभ देखीएको छ । गाँउ घरमा सामान्य बिरामी पर्दा पनि निजी क्लीनीकहरुले पहिलो चरणमै बालवालीकाहरुलाई एन्टीवायोटीक औसधी चलाउने गरेको भेटीएको र जिल्लामा उपचार गर्न आउदा निमोनीया भैसकेको अवस्थामा वालवालीकाहरु आउने गरेकाले डाक्टरको सल्लाहाअनूसार मात्रै वालवालीकाहरुलाई औसधी खुवाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले सुझाव दिएको छ ।
पछिल्लो समय मौसम परिवर्तनसंगै भाईरलको प्रकोप बढ्दै गएकाले अभिभाबकहरुले आफ्ना वालवालीकाहरुको सुरक्षा सर्तकतामा ध्यान पुर्याउन डाक्टर ज्ञवालीले सुझाव दिएका छन ।
एउटा वालवालीकामा ज्वरो देखीए अर्को बालवालीकाको सम्पर्कभन्दा टाढा राख्न, मास्क अनीवार्य प्रयोग गरेर स्वास्थ्यका मापदण्ड पुरा गर्न स्वास्थ्य सेवा कार्यालय दैलेखका तिमीत्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले आग्रह गरेका छन ।