गण्डकी प्रदेशमा दिपक मनाङे दोस्रोपटक, मन्त्री पदमा नियुक्त,

कर्णाली दृष्टि संवाददाता ५ जेष्ठ २०७८, बुधबार १७:२७

गण्डकी : गण्डकी प्रदेशमा दोस्रोपटक दिपक मनाङे मन्त्री पदमा नियुक भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् ।  मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ ।

आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ लिनेहरुमा किरण गुरुङ आर्थिक मामला तथा योजनामन्त्री छन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन विनाविभागीय मन्त्री छन् । उनीहरुलाई पछि मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्ताव छल्न २९ वैशाखमा राजीनामा दिएका थिए । उनलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गराएका  थिए।

Next Post

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

५ जेष्ठ २०७८, बुधबार १७:२७
बागमती । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । बागमती प्रदेशमा बिहिवार भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई १ हजार ७४ मतभारको अन्तरले हराउँदै देवकोटा विजयी हुन। देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल समूहले […]