दैलेखको गोरु जुधे भीरमा मोटरसाईकल दुर्घटना

कर्णाली दृष्टि संवाददाता २३ भाद्र २०८१, आईतवार ०८:४६

सुर्खेत । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको मोटरसाईकल दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । धरमपोखरा–रातानाङ्गला सडक खण्डको गुराँस गाउँपालिका–६ गोरु जुधेमा कर्णाली प्रदेश ०२ ००२ प ९३६४ नम्बरको बुलेट बाईक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाहरुको उद्दार गर्दै प्रहरी चौकी लालीकाँडाका प्रहरी सहायक निरीक्षक श्याम थापासहितको टोली ।
दुर्घटनामा वीरेन्द्रनगर–३ तातापानीका २१ वर्षीय निमेश थापा र रास्कोट नगरपालिका–६ गोर्खाली गाउँ कालिकोटका १८ वर्षीय जेनी शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइतेमध्य शाहीको अवस्था गम्भीर छ ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी चौकी लालीकाँडाको टोलीले घाइते दुवै जनाको उद्दार गरेर उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको हो । मोटरसाईकल सडकबाट अन्दाजी एक सय मिटर तल खोचमा खसेकाले दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

Next Post

प्रदेश अस्पतालमै अब क्यान्सर रोगको उपचार

२३ भाद्र २०८१, आईतवार ०८:४६
  सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ। संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति ९२०२४९२०३०० तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल […]