
काठमाडौं :भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिएकाछन ।
कोभिड–१९ को वर्तमान स्थितिलाई लिएर गरिएको पत्रकार सम्मेलनमा प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले कोरोनाको तेस्रो लहरका लागि तयार रहने बताइएको हो ।
उनले अहिले भारतमा फैलिरहेको कोरोना सङ्क्रमण दरलाई हेर्दा तेस्रो लहर आउने निश्चित भएको बताउँदै यो कति खतरनाक र कहिले आउँछ भन्ने चाहिँ स्पष्ट नभएको बताए ।
प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले तेस्रो लहरका लागि तयार रहन चेतावनी दिएका हुन ।
कोरोनाको नयाँ ‘भेरिएन्ट’ पनि वास्तविक ‘भेरिएन्ट’ जस्तै सङ्क्रामक रहेको बताएकाछन ।
उनले कोरोना खोप अभियान कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ विरुद्ध पनि असरदार रहेको बताए । उनले भने ‘कोरोनाको नयाँ भेरिएन्ट भारत तथा विश्वभरि नै देखिनेछ तर जुन भेरिएन्ट का कारण सङ्क्रमण बढिरहेको छ, त्यो भने कम हुनेछ ।’
भारत र विश्वभरका वैज्ञानिकले यस प्रकारको भेरिएन्ट्सले समयमा नै पहिचान गर्न र त्यसविरुद्ध उपाय अपनाउन प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले सुझाव दिएकाछन ।


