कर्णालीमा धार्मिक पर्यटक भित्र्याउन सकेमात्र समृद्ध कणाली बनाउन सकिन्छः मन्त्री शाही

कर्णालीदृष्टी संवाददाता ६ चैत्र २०७८, आईतवार ०७:०७

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सकेमात्र समृद्ध कणाली बनाउन सकिने बताउनु भएको छ ।

मन्त्री शाहीले शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. २ स्थित निर्माणाधिन शिवशक्ति धाम बहुउद्येश्यि भवन र कुण्डली गुफाको स्थलगत अवलोकन गर्दै यस्तो बताउनुभएको हो ।

बौद्ध धर्मावलम्बीहरु र विश्वका हिन्दुहरुको लागि एकमात्र गन्तब्य स्थल कर्णाली प्रदेशलाई बनाउनको लागि यहाँ रहेका प्रशस्त धार्मिक तिर्थस्थलहरुको प्रचारप्रसारमा जोड दिनु पर्ने शाहीको भनाई थियो ।

अवलोकन पश्चात उहाले यहाँका धार्मिक तिर्थ स्थलहरुको संरचना र धर्मशालाको विकासका लागि कर्णाली प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री शाहीले निर्माणाधिन अधुरो शिवशक्ति धाम बहुउद्येश्यि भवनलाई यथासिघ्र सम्पन्न गर्नको लागि कर्णाली प्रदेश सरकार सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।

सोही क्रममा सामाजिक विकास मन्त्री यज्ञ बहादुर वुढाक्षेत्री, पञ्चपुरी नगरपालिकाका नगरप्रमुख एवम् नेपाली कांग्रेस कर्णाली प्रदेशका सह–महामन्त्री उपेन्द्र थापा, नेपाली कांग्रेस सुर्खेतका पार्टी उप–सभापति टोपबहादुर रावत लगाएतको टोलीले शिवशक्ति धाम बहुउद्येश्यि भवन र कुण्डलीनी गुफाको अवलोकन गर्नु भएको छ ।

यसैबिच नेपाली कांग्रेस पञ्चपुरी नगर कार्य समितिले आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीलाई स्वागत तथा सम्मान समेत गरेको छ ।

सम्मान कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री शाहीले एमसिसि नेपालको विकासे परियोजना भएकोले उक्त परियोजनाले देशको विकासमा टेवा पुर्याउने बताउनु भयो । एमसिसिको बारेमा गरिएको भ्रमका वारेमा जनतालाई सुसुचित गराउन जरुरी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा मन्त्री शाहीले पार्टीका नेता कार्यकर्तालाई स्थानिय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा एकता, सदभाव र सहमतीका आधारलाई आत्मसाथ गर्दै अघि बढ्नको लागि निर्देशन समेत दिनुभएको थियो ।

Next Post

माओवादीसँग देश बदल्ने सपना छ : केन्द्रीय सदस्य आचार्य

६ चैत्र २०७८, आईतवार ०७:०७
दैलेख । नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य तथा दैलेख, जाजरकोट चुनावी कमाण्ड इन्चार्ज रामदिप आचार्यले माओवादीसँग देश बदल्ने सपना रहेको बताउनुभएको छ । शनीबार दैलेख सदरमुकाममा आयोजित पार्टी कार्यकर्तालाई चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले माओवादीका कारण मुलुकमा हालका उपलब्धी प्राप्त भएको बताउँदै अन्य पार्टी भन्दा माओवादी केन्द्रसंग देश […]