आज नाग पञ्चमी ; परम्पराअनुसार घरका मुलढोकामा टाँसेर मनाइँदै छ।

कृष्ण शर्मा २९ श्रावण २०७८, शुक्रबार १३:०५

कृष्ण शर्मा।सुर्खेत – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मुलढोकामा टाँसेर मनाइँदै छ।

हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।

यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् ।

पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

 

Next Post

कान्दाहारसहित महत्त्वपूर्ण सहर तालिबानको कब्जामा, सरकारद्वारा सत्ता साझेदारीको प्रस्ताव

२९ श्रावण २०७८, शुक्रबार १३:०५
काठमाण्डौ – विद्रोही समूह तालिबानले अफगानिस्तानको घाज्नी र हेरात सहरमा पनि कब्जा जमाएको छ । यसलाई तालिबानले महत्त्वपूर्ण जित मानेको छ । रणनीतिक रुपमा मुख्य मानिने घाज्नीमा कब्जा जमाए पछि तालिबानले अब राजधानी काबुलमा पनि कब्जा गर्ने सम्भावना बढेको छ । घाज्नी काबुलदेखि १५० किलोटिर दूरीमा पर्छ । तालिबानले अफगानिस्ताको […]