शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै

कर्णालीदृष्टी संवाददाता १५ चैत्र २०७८, मंगलवार ०७:४१

काठमाण्डाै – शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।

आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् ।

आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।

आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।

झन्डै पाँच वर्षपछि हुन लागेको परीक्षामा सय पूर्णाङ्कको परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुनेछन् ।

Next Post

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

१५ चैत्र २०७८, मंगलवार ०७:४१
काठमाण्डाै – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/ नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक […]

सम्बन्धित समाचार