२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५

कृष्ण शर्मा ३० श्रावण २०७८, शनिबार १६:४१

देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा कोरोना पुष्टि भएको छ ।देशभर २० जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १ हजार ३२० रहेको छ ।

सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् ।

२४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।

Next Post

तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्‍याफ्टिङ सुरु

३० श्रावण २०७८, शनिबार १६:४१
कृष्ण शर्मा।सुर्खेत – तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्‍याफ्टिङ सुरु गरिएको छ । तिलामा र्‍याफ्टिङ सुरु भएपछि र्‍याफ्टिङ गर्न जानेको संख्या पनि बढ्दै गएको छ । रारा जाने मौसम सुरु भएकाले तिलामा पर्यटन प्रवर्द्धनका लागि र्‍याफ्टिङ सुरु गरिएको हो । अहिले नदीमा लामो तथा छोटो दूरीको प्याकेज बनाएर र्‍र्‍याफ्टिङ चलेको छ । जसका […]