जिल्ला प्रशासन कार्यालय बर्दीयामा ५ दिनसम्म सेवा प्रभावित

कर्णालीदृष्टी संवाददाता ११ माघ २०७८, मंगलवार ०६:५१

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेकका सेवा स्थगित गरेको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहितका धेरैजसो कर्मचारी कोरोना सङ्क्रमित भएपछि माघ १५ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो ।

सोमवार गरिएको कोरोना परीक्षणमा सहायक प्रजिअसहित १९ जना सङ्क्रमित भएपछि कार्यालयले विज्ञप्ति निकालेर सेवा प्रवाह स्थगित गरिएको जानकारी गराएको हो ।

कोरोना सङ्क्रमित शून्य जिल्ला बनाउन अभियानमा थिएँ तर अब आफैँ पनि सङ्क्रमित हुने भइयो, प्रजिअ सन्तबहादुर सुनारले भन्नुभयो । शान्ति, सुरक्षाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घ–संस्था दर्ता, नवीकरण लगायतका सेवा अहिलेलाई पाँच दिनका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै बर्दियामा झन्डै साढे पाँच सय सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

संक्रमण बढ्न थालेपछी जुम्ला कारागारमा उच्च सतकर्ता अपानाईदै

११ माघ २०७८, मंगलवार ०६:५१
जुम्ला । कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै जुम्लाको कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो । जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएका हो । कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष बन्द गरिएको हो […]