दैलेख । जिल्ला निर्वाचन कार्यालय दैलेखले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु गरेको छ ।
छैठौ निर्वाचन दिवस २०७८ का अवसरमा शुक्रबार अन्र्तरक्रिया कार्यक्रम गर्दै २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी बैशाख ३० गते हुने निर्वाचनका लागी तयारी अघि बढाईएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
फागुन ७ गते (शनीबार) परेको निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय दैलेखले जिल्लाका राजनितिक दल, स्थानिय तहका प्रमुख एवंम प्रतिनिधी, पत्रकार लगाएत अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।
२०७८ बैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने छन ।
कार्यालयको तथ्यांक अनुसार दैलेखमा १ लाख ६६ हजार ६ सय १४ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । जसअन्र्तरगत महिला ८२ हजार ७ सय ९६ र पुरुष ८३ हजार ८ सय १८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन ।
विवरण सच्याउने कार्य भैरहेकाले कुल १ लाख ६६ हजार ६ सय १४ जना मध्येपनि अन्तिम नामावली प्रकाशन गर्ने समयसम्मा मतदाता संख्या बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी काउचाले बताउनुभयो ।