विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड नाघ्यो ।।

कर्णालीदृष्टी संवाददाता ६ कार्तिक २०७८, शनिबार ०९:२९

काठमाण्डौ । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ लाख ९० हजार ८ सय ७० जना स्वस्थ भएका छन् ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड ८ लाख ३८ हजार ७८ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख ५७ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २४ करोड ३७ लाख ११ हजार १ सय ३१ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ७ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ लाख ५२ हजार ९ सय ३६ पुगेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो, चौथो र पाँचौ लहर जारी छ । जसका कारण सङ्क्रमणदर बढ्दै गएको छ भने मृत्यु हुनेदर पछि बढ्दै गएको छ ।

Next Post

आजपनि देशभरको मौसम बदली रहने ।।

६ कार्तिक २०७८, शनिबार ०९:२९
काठमाण्डौ । आजपनि देशभर मौसम बदली रहने भएको छ । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक […]