नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने

कर्णाली दृष्टि संवादाता १७ बैशाख २०७८, शुक्रबार २१:४२

काठमाडौं :नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिर्तामोड गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।

साथै उद्योगहरुले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने निर्णय गरेको छ भने सार्वजनिक निर्माण कार्यहरु रोक्न पनि भनेको छ । बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सचालनका लागि तयारी थाल्ने निर्णय पनि गरेको एक सदस्यले जानकारी दिए ।

Next Post

कोभिड अस्पतालमा संक्रमितले गरे आत्महत्या

१७ बैशाख २०७८, शुक्रबार २१:४२
बुटवल :रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य […]

सम्बन्धित समाचार