सुर्खेत । कर्णाली सरकारले मुख्य न्यायाधिवक्तामा नियुक्तीका लागि सिफारिस गरेका अधिवक्ता धुव्रकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाइ प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनियताको सपथ खुवाइएको हो ।
नेपालका संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाइ नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले मुख्यन्याधिवक्ताको कार्यालयमा आज नै पदभार ग्रहण गरेका छन् ।