
ती केन्द्रमा युवाहरुले टेलरिङ, कम्प्युटर अपरेटर, कृषि जेटिए, पशुपालन जेटिए, प्लम्बर, बिल्डिङ पेन्टर, वेटर, बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, क्लिनरलगायतका विधामा सीप परीक्षण गराउन पाउनेछन् ।
आवेदन फारम समितिको वेबसाइट www.nstb.org.np वा इभेन्ट परियाेजनाकाे वेबसाइट www.event.gov.np बाट डाउनलाेड गर्न सकिन्छ अथवा तालिम केन्द्रबाट प्राप्त गर्न सकिन्छ । माघ १२ गतेसम्म आवेदन बुझाईसक्नुपर्नेछ । आवेदन दिने व्यक्तिमा सम्बन्धित व्यवसायको ज्ञान, सीपको अनुभव भएको हुनुपर्ने समितिले जनाएको छ ।
सीप परीक्षणको लागि तहगत रुपमा शुल्क तोकिएको छ । क्रमशः तह एक, दुई र तीनको लागि पाँच सय, १२ सय र २४ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै महिला दलित जनजाती र अपाङ्गता भएका व्यक्तिको लागि क्रमशः चार सय, सात सय र १३ सय रुपैयाँ शुल्क तोकिएको समितिले जनाएको छ ।
यस सम्बन्धी थप जानकारीको लागि फोन नम्बर ०१६६३८१५३, ६६३५१९५ र मोबाइल नम्बर ९८५११२७०८० र ९८५११६३९६४ मा सम्पर्क गरेर पनि बुझ्न सकिने समितिले जनाएको छ ।


