जाजरकोटमा जुवा खेल्दै गरेको अवस्थामा कर्मचारी र जनप्रतिनिधिसहित १४ पक्राउ

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार १८:३२

जाजरकोट । जाजरकोट सदरमुकामको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

जुवा खेलिरहेको अवस्थामा बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेलिरहेका थिए ।

जुवा खालबाट वडा नम्बर ४ पुन्मा का वडाध्यक्ष शशी बुढा पनि पक्राउ परेका छन् । उनी कांग्रेस भेरी नगरपालिकाका सभापति पनि हुन् ।

‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले भने, ‘उनीहरूको साथबाट २ लाख ५३ हजार नगद पनि बरामद भएको छ ।

प्रहरीका अनुसार भेरी ६ का वार्ड सचिव प्रचण्डजंग शाह, रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्मचारीहरु कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेल, विकास विसी, बालकृष्ण बुढाथोकी जुवाखालबाट पक्राउ परेका हुन् ।

उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको समेत प्रयोग गर्ने गरेको र नगद रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु लाई छुटाउन व्यापक दबाब समेत आएको प्रहरी स्रोतले बताएको छ ।

Next Post

प्रचण्डद्वारा केन्द्रीय सदस्यहरूकाे नामावली प्रस्ताव

१८ पुष २०७८, आईतवार १८:३२
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति सदस्यहरूको नामावली प्रस्ताव गर्नुभएको छ । प्रज्ञा भवनमा चलिरहेको बन्द सत्रमा आइतवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूको प्रस्तावित नाम वाचन गर्नुभएको माओवादी केन्द्रले जनाएको छ । ती नाममा सहमति नभएमा चुनावी प्रक्रियामा जाने माओवादी केन्द्रले […]