कालीकोटमा पशुपालक किसानलाई गोठालो भत्ता

कर्णालीदृष्टी संवाददाता ३ मंसिर २०७८, शुक्रबार १७:३९

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि १०० भेडा, बाख्रा पाल्ने किसानलाई मासिक एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रूपैयाँका दरले गोठालो भत्ता दिदैँ आएको छ ।

सम्बन्धित किसानको बैंक खातामा नै उक्त रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताउनुभयो ।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएको बताउदै अध्यक्ष बमले यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको बताउनुभयो ।

उहाका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान छन । त्यस्तै‚ १०० भन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान ६ जना रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रूपैयाँ गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो ।

Next Post

दैलेखमा कांग्रेस अधीबेशन, ३ क्षेत्रको परिणाम सार्वजनीक

३ मंसिर २०७८, शुक्रबार १७:३९
दैलेख । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत श्क्रबार दैलेखका प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचनको ३ वटा क्षेत्रको परिणम सार्वजनीक भएको छ । जिल्लामा रहेका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार मतादान भएको थियो, जसमध्ये ३ वटा क्षेत्रको अन्तीम परिणम सार्वजनीक भएको र एक क्षेत्रमा भने आन्तरिक विवादका कारण मतगणनाा […]