यो वर्ष धान उत्पादन झण्डै ५ लाख टन घट्यो

सबैभन्दा बढी सुदुरपश्चिममा ३१.४९ प्रतिशत घट्यो

कर्णालीदृष्टी संवाददाता १७ पुष २०७८, शनिबार ०७:०४

काठमाडौँ । नेपालमा यो वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टन घटेको छ । गत असोज ३१ र कात्तिक १÷२ गते आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुरÞ्याएपछि उत्पादन ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको हो ।

२०७७÷७८को तुलनामा धानको उत्पादन ८.७४ प्रतिशतले कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन उत्पादन भएको थियो । यस आर्थिक वर्ष भने उत्पादन घटेर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टनमा झरेको हो ।

धान उत्पादन घट्नुको मुख्य कारण बेमौसमी बर्षा नै हो,’ मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार मुख्यत सुदूरपश्चिममा आएको उत्पादन गिरावटले क्षति भएको हो ।

तथ्याङ्क अनुसार सुदूरपश्चिममा मात्रै धान उत्पादन ३१.४९ प्रतिशतले घटेको छ । यस्तै, लुम्बिनीमा १८.३८ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशत, प्रदेश २ मा ३.२४ प्रतिशत उत्पादन घटेको छ । प्रदेश १ मा शून्य दशमलव ९३ प्रतिशत र वाग्मतीमा शून्य दशमलब ३५ प्रतिशतले घटेको मन्त्रालयले उल्लेख छ ।

Next Post

निर्वाचन कानुन एकीकृत गर्न सरकारको सहमति

१७ पुष २०७८, शनिबार ०७:०४
काठमाडौँ । निर्वाचन आयोगले वैशाख दोस्रो साता स्थानीय निर्वाचन गर्न प्रस्ताव राखेको एक सातापछि सरकारले निर्वाचन कानुनको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सहमति दिएको हो । आयोगले केपी शर्मा ओली नेतृत्वको सरकार […]

सम्बन्धित समाचार