दैलेखदेखि नेपालगन्ज जादै गरेको बस कर्णाली राजमार्गमा दुर्घटना, चार घाइते

कर्णालीदृष्टी संवाददाता १३ माघ २०७८, बिहीबार १६:५७

सुर्खेत । कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन । दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ ख ००१ नम्बरको बस आज दिउँसो करिब एक बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ ।

उहाका अनुसार बसमा सवार ४ जना घाइते भएका छन । घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा श्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामी र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षीया लक्ष्मी राना रहेका छन ।

बसमा सवार १३ जना रहेको थिए । बस मालिकले नै बस चलाएको हुनाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

मूल्यवृद्धिको विरोधमा सुर्खेतको आयल निगम कार्यालय घेराउ

१३ माघ २०७८, बिहीबार १६:५७
सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि […]