दैलेखको काडासिरौलामा तमु ल्होसारको रौनक

कर्णालीदृष्टी संवाददाता १६ पुष २०७८, शुक्रबार १३:४१

दैलेख । गूरुङ समुदायको माहान पर्व तमू ल्होसार बिहीवार दैलेखमा पनि मनाईएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर बिभीन्न कार्यक्रमका साथ दैलेखमा पनि तमु ल्होसार पर्व मनाईएको हो ।

तमू ह्यूल छोज धी (गूरुङ राष्ट्रिय परिषद) जिल्ला कार्यसमिती दैलेखको आयोजनामा यसपालीको तमू ल्होसारको अवसरमा दैलेखको माहाबू गाउपालीकाको काडाँसिरौलामा बिभीन्न कार्यक्रम गरी हर्सोउल्लासका साथ पर्व मनाईएको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाउने गरिन्छ ।

तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने गरिएको विश्वास छ । पुस १५ कोे रात सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको महत्त्व रहेको छ ।

काडासिरौलामा आयोजित तमू ल्होसार पर्वका केही तस्विरहरु

 

Next Post

माओवादी महाधिवेशन : विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

१६ पुष २०७८, शुक्रबार १३:४१
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजसम्म लम्बिएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि […]