कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार १७:२९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ देखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

Next Post

दाउरा काट्दै गर्दा ढुंगाले लागेर दैलेखमा एक जनाको ज्यान गयो

३ चैत्र २०७८, बिहीबार १७:२९
दैलेख – दाउरा काट्दै गर्दा भीरबाट खसेको ढुंगाले चोट लागेर दैलेखमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । भगवतीमाई गाउँपालिका ६ नं. वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिनुभयो । घर नजिकैको दाडीखोला भन्ने जंगलमा रुखमा […]