काठमाण्डौ – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन ।
अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी नीति बनाउनुपर्ने बताएकी हुन ।
बिहीवारको कुराकानीमा उनले पालिकाहरूले आफ्नो स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिइ विषय बनाउनुपर्नेमा जोड दिईन ।
विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई चुस्त÷दुरुस्त बनाउँदै उहाँले प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन ।
अध्यक्ष बरालले भनिन , ‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीतिअनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् ।
१२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय स्रोत, साधन झल्किने गरी पालिकाले शैक्षिक नीति निर्माण गर्नुपर्छ ।
अध्यक्ष बरालले पछिल्लो चार वर्षयताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी सङ्गठनहरू कतै अलमलिए कि भन्ने कुरा स्वाभाविक रहको पनि बताईन ।