सल्यानमा हत्या आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

कर्णालीदृष्टी संवाददाता ८ पुष २०७८, बिहीबार १७:३०

सल्यान । सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ । गत मंसिर २० गते दार्मा गाउँपालिका–२ पाजाखोलामा ७० वर्षीय टेकबहादुर खत्री मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले बताउनुभयो ।

आरोपी सबैलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले रामबहादुर, कुलबहादुर र लक्ष्मण खत्रीलाई मंसिर २७ गते पक्राउ गरेको र वडाध्यक्ष खत्रीलाई पुस ५ गते पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडा अध्यक्ष केसीले चलाउँदै आएको दार्मा गाउपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । #कान्तीपूर दैनिक

Next Post

शिक्षक सेवा आयाेगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार

८ पुष २०७८, बिहीबार १७:३०
काठमाण्डाै – शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयाेगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताउनुभएको हाे […]

सम्बन्धित समाचार