खाद्य कम्पनीको सुर्खेत गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

कर्णालीदृष्टी संवाददाता १५ कार्तिक २०७८, सोमबार ०६:५७

सुर्खेत । वीरेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्यो चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।

काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्रीरवितरणमा प्रतिबन्ध लगाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको एक हजार नौ सय ७५ क्विन्टल बासमती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीरवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आज आइतवारदेखि त्यो चामलको बिक्रीरवितरण सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गएको शुक्रवार बिक्री प्रतिबन्ध फुकुवा गरेको थियो ।

Next Post

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, कोप २६ सम्मेलनलाई सम्बोधन गर्ने

१५ कार्तिक २०७८, सोमबार ०६:५७
स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार र मंगलबार ९यही नोभेम्बर १ र २० मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९ कोप २६० अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइगेका हुन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको […]