रुकुम पूर्वमा दुई बालकबीच विवाद, एकको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता २० पुष २०७८, मंगलवार १७:१८

रुकुम पूर्व । रुकुम पूर्वमा दुई बालकबीचको विवादका क्रममा एक बालकको ज्यान गएको छ । भूमे गाउँपालिका–१, का ९ वर्षीय बालकसँगको विवादका कारण ८ वर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो गाई चराउन गएका साथी–साथीबीच कुटपिट भएको र ९ वर्षीय बालकले ८ वर्षकालाई कुटपिट गरी भिरबाट लडाइदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(डीएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते बालकलाई सोमबार बेलुकी जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याइएपछि ती बालकलाई अस्पतालले मृत घोषणा गरेको थियो । बालकका आफन्तले घाइते भनेर उपचारका लागि उनलाई अस्पताल ल्याएका थिए । ती ९ वर्षीय बालक र अर्का ८ वर्षीय बालकमाथि सोधपुछ थालिएको डीएसपी श्रेष्ठले बताउनुभयो । # कान्तीपूरबाट

Next Post

सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिए

२० पुष २०७८, मंगलवार १७:१८
सुर्खेत । सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन । पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार चारसय १४ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । जसमध्ये पाँच हजार दुईसय ७७ जना महिला र पाँच हजार एकसय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी […]