कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त

कर्णालीदृष्टी संवाददाता २४ माघ २०७८, सोमबार ०६:४४

सुर्खेत । कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यसअघि दुई मन्त्री नियुक्त भइसकेका थिए । आईतबार कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवाद पार्टीबाट एक मन्त्री थपिएका हुन् ।

कांग्रेसबाट यज्ञबहादुर बुढा सामाजिक विकास मन्त्री, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको हो । यस्तै माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा र गैरसांसद छिरिङ डम्डुल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको हो ।

एकीकृत समाजवादीका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएको हो ।

यसअघि आईतबार नै मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच मन्त्रीको नाम प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो ।

Next Post

सल्यानका दुई प्राथमिक स्वास्थ्य केन्द्र अहेबकै भरमा

२४ माघ २०७८, सोमबार ०६:४४
सल्यान । बाग्चौर नगरपालिकाको थारमारे र छत्रेश्वरी गाउँपालिका ४ लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १४ वर्षभन्दा बढी भयो । विशेषज्ञ सेवा संचालनका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दीसमेत रहेको छ । डाक्टरको दरबन्दी भए पनि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा सिमित रहेका छन् । दरबन्दी अनुसार डाक्टर […]