माओवादी केन्द्र दैलेखद्धारा जनप्रतिनिधिलाई बधाई तथा सम्मान

कर्णालीदृष्टी संवाददाता २२ जेष्ठ २०७९, आईतवार १८:२७

दैलेख । नेपाल कम्युनिष्ट पार्टि (नेकपा माओवादी केन्द्र) दैलेखले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

आईतबार दैलेख सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि माओवादी केन्द्र दैलेखले स्थानिय तह निर्वाचन २०७९ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।

जिल्लाका ११ स्थानिय तहमध्ये माओवादि केन्द्रबाट निर्वाचित भएका दुई पालिका प्रमुख, ६ जना वडाअध्यक्ष र खुल्ला पुरुष सदस्य, दलित महिला सदस्य तथा महिला सदस्य ३४ जना गरि कुल ४२ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कर्ण बस्नेतले आगामि ५ बर्षे कार्यकालमा जनताको पक्षमा रहेर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बस्नेतले जनताले विस्वासका साथ जनप्रतिनिधि चुनेकाले कसैको पक्ष वा विपक्षमा नभई सम्पुर्ण नागरिकका आवश्यकताको पहिचान गरि सर्वपक्षीय काम गर्नुपर्नेमा अग्रसर बन्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार सदस्य थिर ब कार्की, प्रदेश कमिटि सदस्यहरु, जिल्ला समन्वय सयोजक, जिल्ला समन्वय सचिब तथा जिल्ला समन्वय सदस्यहरु लगाएतले निवाचित जनप्रतिनिधि लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Next Post

कर्णाली प्रदेशको बजेट आकार घट्यो, प्राथमिकता फेरियो

२२ जेष्ठ २०७९, आईतवार १८:२७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट रहेकोमा आगामी वर्षका […]