दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु ।

कर्णाली दृष्टि संवाददाता १५ कार्तिक २०७७, शनिबार ०९:५२

घोराही । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके जिल्लामा मात्रै ३० जनाको मृत्यु भएको छ ।

Next Post

धन कमाउने तर दान दिन नसक्नेहरु मानसिक रोगी हुन् : भीम उपाध्याय

१५ कार्तिक २०७७, शनिबार ०९:५२
तपाईलाई समाजले पुज्ने वा मान्ने, सम्मान गर्ने वा आदरगर्ने भनेको तपाईले समाज वा अरूलाई के दिनुहुन्छ त्यस कुराले मात्र हो । अरूबाट लिने र आफै मात्र कुम्लाएर बस्ने प्रवृत्ति कतैँ बनेको त छैन भन्दै निरन्तर आफूभित्र नियालिरहनु पर्छ। अधिकाँश मान्छे अरूबाट लिने रोग पालिरहेका हुन्छन्, त्यसबाट मजा लिइरहेका हुन्छन् । […]