दैलेखमा ९१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

कर्णालीदृष्टी संवाददाता १६ चैत्र २०७८, बुधबार १८:३३

दैलेख । दैलेखमा झण्डै ९१ हजार बालबालिकालाई टाइफाइट रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्र्तरगत दैलेखमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो ।

यहि चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म जिल्लाका बालबालीकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमीत्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाका अनुसार दैलेखमा जिल्लाभर रहेका ११ वटै स्थानीय तहका गरि करीब ९१ हजार बालबालीकालाई खोप लगाईने लक्ष्य रहेको छ ।

जिल्लाका ११ स्थानीय तहमध्ये कुन पालीकामा कहिले खोप लगाउने भन्नेबारे केही दिन भित्रमा पालीकाले नै मिती तय गर्ने पनि रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार यसअघि दैलेखमा बालबालीकाहरुलाई नियमित रुपमा १२ प्रकारका रोगहरुको मात्र खोप लगाउने गरिएको थियो, । तर अब भने टाईफाईट बिरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्र्तरगत नै समाबेश गरिने बताईएको छ ।

स्वास्थ्य सेवा कार्यालय अन्र्तरगत खोप समन्वय समितीको नियमित बैठक अन्र्तरगत आज दैलेख सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि जिल्लाभर कुल १ सय ८१ खोप केन्द्रबाट खोप लगाईने जानकारी गराईएको छ ।

५ बर्ष माथीका बालबालीकाहरुलाई बिद्यालयमै पनि खोप लगाईने छ भने अवस्था हेरेर आवश्यकता अनुसार एउटा वडामा कम्तीमा २ देखी ४ वटा सम्म खोप केन्द्रबाट पनि खोप सेवा प्रदान गरिने छ ।

टाईफाईट बिरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालवालीकाहरुलाई तोकिएको मिती र खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।

उक्त खोप बाहीर लगाउदा महंगो पर्ने भएकाले पनि यो अभियानमा निशुल्क रुपमा खोप कार्यमा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस संगै स्वास्थ्य सेवा कार्यालय दैलेखको नियमति खोप सम्बन्धी बैठकको एक झलक

Next Post

मुलुकको विकास र समृद्धिका लागि एमालेको सरकार आश्यक छ : अध्यक्ष ओली

१६ चैत्र २०७८, बुधबार १८:३३
दैलेख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ । बिहीबार जुम्लाको सिंजा र कालिकोटको आमसभामा सहभागी हुन जाने क्रममा दैलेखको दुल्लुमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रधानमन्त्री भएको बेला विकास […]