कांग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग

कृष्ण शर्मा ६ भाद्र २०७८, आईतवार ०९:२८

काठमाडौँ — कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको शनिबार बसेको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ दिनको अल्टिमेटम दिएका छन् । सभापतिलाई सम्बोधन गरेर इमेलमार्फत पठाइएको चेतावनी पत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको, पारदर्शिता नपनाइएको र ७७ वटै जिल्लामा सभापतिहरूको एउटै प्रक्रियाबाट चुनाव हुनुपर्नेमा त्यसो नगरिएको जनाएका छन् ।

‘वडा तहमा निर्णय भई आएका नाम हटाउने, ठाडै केन्द्रबाट जथाभावी नाम थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नाम इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं,’ जिल्ला सभापतिहरूले बुझाएको पत्रमा उल्लेख छ । कान्तिपुर वाट

 

Next Post

कर्णालीका ७ प्रतिशतले मात्रै लगाए डबल डोज

६ भाद्र २०७८, आईतवार ०९:२८
सुर्खेत – कर्णाली प्रदेशका ७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको डबल डोज लगाएका छन् । तथ्याङ्क अनुसार हाल सम्म ७६ हजार २९ जनाले कोरोना विरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका हुन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको तथ्याङ्क अनुसार १८ बर्ष माथि उमेर समूहका १० लाख ९४ हजार ४ […]