
काठमाडौं । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको हो ।
सो छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।
लगत्तै अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि दुई दलका शीर्ष नेताबीच भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।

