लमजुङ भुकम्प : ‘भागाभाग भयो, पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आउन बाँकी

लमजुङ केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प

कर्णाली दृष्टि संवादाता ५ जेष्ठ २०७८, बुधबार ०७:५०

काठमाडौं :लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।

उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

‘अहिले हामी पनि विवरण संकलन गर्दैछौं,’ उनले भने, ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्‍यायो कि पुर्‍याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’

Next Post

स्थानीय संस्थाको पहलमा आइसोलेशन सेन्टर संचालनमा आउँदै

५ जेष्ठ २०७८, बुधबार ०७:५०
काठमाडौं :कोभिड –१९ को दोश्रो लहरसंगै दक्षिण एसियाको विभिन्न मुलुक लगायत नेपालमा पनि यसको प्रभाव बढ्नुको साथै कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । यसको दोस्रो लहर शुरु हुनु अघिका विभिन्न मेला,जात्रा, खेलकुद कार्यक्रम तथा राजनैतिक क्रियाकलापले अहिले यसबाट संक्रमितको संख्या बढेको विज्ञहरुले औल्याएका छन् […]