कर्णालीका कृषि र पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषि सम्बन्धि तालिम

कर्णालीदृष्टि संवाददाता ५ भाद्र २०८२, बिहीबार १२:०१

सुर्खेत । कर्णाली प्रदेशका कृषि र पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषि सम्बन्धि तालिम प्रदान गरिएको छ। पर्यवरणीय कृषिको सिद्धान्त र अभ्यासहरुलाई कृषक स्तरमा कार्यान्वन गर्न सरकारी कृषि प्रसार प्राबिधिकहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो।  साउन २५ देखि ३० गतेसम्म सम्म चलेको पर्यवारणीय कृषि तथा अभ्यासहरु सम्बन्धि तालिम कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन तालिम केन्द्र कर्णाली प्रदेश र ली-बर्ड-पोखराको संयुक्त आर्थिक तथा प्राविधिक साझेदारीमा संचालन भएको थियो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका सचिव परशुराम रावतबाट उद्घाटन भएको उक्त तालिममा कर्णाली प्रदेशका १० जिल्लाबाट प्रदेश र स्थानीय तहमा कार्यरत २५ जना कृषि र पशु सेवा प्राविधिकहरु सहभागी थिए। तालिममा पर्यावरणीय कृषिका वातावारणीय, सामाजिक र आर्थिक पाटोहरुका साथै यसका सैद्धान्तिक र व्यावहारिक पक्षहरुमा सुष्म रुपमा छलफल भएको छ।

तालिममा पर्यावरणीय कृषिका सिदान्तहरु, कृषि जैविक विविधता विश्लेषण र औजार, जैविक स्रोतमार्फत पोषण व्यवस्थापन, रोग(कीरा नियन्त्रणका जैविक तरिका, पुनः प्रयोग र खेति प्रणाली पशु व्यवस्थापन र प्रजनन व्यवस्थापन, परागसेचक ब्यबस्थापन, तथा जैविक प्रमाणिकरण र बजार प्रवर्द्धनबारे सत्रहरू ली-बर्ड र मन्त्रालयका विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण गरिएको थियो।

तालिमको दोश्रो र तेस्रो दिनमा सहभागीहरूले समुदाय र फर्म स्तरको अवस्था तथा समस्या मुल्यांकन गरि उपयुक्त ब्यवस्थापनको विधी र अभ्यासहरुसहितको कार्ययोजना तयार परेका थिए। तालिममा छलफल गरिएका बिषय बस्तु र प्रशिक्षण विधि प्रभावकारी रहेकोले समग्रमा तालिम अत्यन्तै उपयोगी, ज्ञानवर्धक र व्यवहारिक भएको प्रतिक्रिया सहभागीले दिएका छन्।

फरक(फरक सेवा क्षेत्र (कृषि, पशु, वन) बाट सहभागिता रहेको र दिगो खाद्य उत्पादन प्रणालीका लागि कृषि, पशु र वन क्षेत्रले एकीकृत रुपमा काम गर्नु पर्ने भएकाले साझा बुझाई र सहकार्य विकास गर्न तालिम फलदायी रहेको सहभागीहरुको भनाइ छ। यस्तै, तालिमका अन्त्यमा सबै सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा कृषि पारिस्थितिकीलाई एकीकृत गर्दै “सहभागितामूलक समुदाय योजना” तयार गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले तालिम कर्णाली प्रदेशका लागि आवश्यक र सान्दर्भिक भएकाले खुसी व्यक्त गर्दै तालिम सञ्चालनका लागि साझेदारी गर्ने ली(बर्डलाई धन्यवाद ज्ञापन गरे । यस्तै, ली-बर्ड, कर्णाली प्रदेश संयोजक बुद्ध वि.कले रणनैतिक साझेदारको रुपमा प्रदेशको नीति तथा कार्यक्रमहरुलाई सहयोग गर्न परियोजना र कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउँदै कर्णाली प्रदेशमै पहिलो पटक सरकारी निकाय र गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालन भएको यस तालिम सहकार्य र समन्वयको यो उत्कृष्ट उदाहरण रहेको उल्लेख गरे।

यस्तै, कृषि तथा पशुपालन व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रका प्रमुख धनबहादुर कठायतले मन्त्रालय र विकास साझेदारसंग रहेको विज्ञता र स्रोतहरु प्रदेशको लक्ष्य र उदेश्य प्राप्त गर्ने समुचित परिचालन गर्न आवश्यक सहजीकरण र वातावरण प्रदान गरिरहेको बताउँदै सयुक्त प्रयासबाट साबिक भन्दा बढी परिणाम हासिल गर्न सकिने बताए ।

Next Post

हिल्सा–सिमकोट सडक कालोपत्रे प्रक्रिया सुरु, पहिलो पटक हुम्लामा पक्की सडक बन्ने

५ भाद्र २०८२, बिहीबार १२:०१
हुम्ला। चिनियाँ पक्षले हुम्लाको हिल्सा क्षेत्रमा नेपालतर्फको सडक कालोपत्रे गर्न सुरु गरेको छ। यसअघि गत मङ्सिरमा दुई देशलाई जोड्ने मितेरीपुल निर्माण गरिसकेपछि सम्झौता अनुसार चीनले नेपालतर्फको करिब साढे तीन सय मिटर सडक कालोपत्रे गर्नुपर्ने व्यवस्था थियो । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार कालोपत्रे मापदण्डअनुसार सुरु भएको काम केही दिनमै […]

सम्बन्धित समाचार