पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित

कर्णाली दृष्टि संवादाता ४ जेष्ठ २०७८, मंगलवार १८:०९

काठमाडौं :कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन्

Next Post

महाबुका स्वास्थ्यकर्मी औषधि बोकेर गाउँ, गाउँमा

४ जेष्ठ २०७८, मंगलवार १८:०९
दैलेख : महाबु गाउँपालिकाका स्वास्थ्यकर्मीहरु कोभिड- १९ को महामारी लाई मध्यनजर गर्दै औषधि उपचार गर्न गाउँ-गाउँमा पुगेका छन् । जिल्ला सदरमुकाम दैलेख बजार देखी करिब २१ कि.मि. महाबु गाउँपालिका पर्दछ, भौगोलिक विकटताका कारण र हालसालै बर्षात ह्वात्तै दिनप्रतिदिन बढेपछि, प्रत्येक वडाका रोडहरु पहिरो जाने, भत्किने, रोड बन्द भएका छन्, रोडहरु […]

सम्बन्धित समाचार