मुगुका आगलागी पीडितलाई पुनःस्थापना गरीने ।।

कर्णालीदृष्टी संवाददाता ३० कार्तिक २०७८, मंगलवार १५:२२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले मुगुको छाँयानाथ नगरपालिका–१ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौं रुपैयाँको धनमाल नष्ट भएको छ ।

आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मी लगायत स्थानीय वासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

Next Post

जनगणनामा गणकले मनपरी उत्तर लेखेको भन्दै आदिवासी जनजातिको आपत्ति

३० कार्तिक २०७८, मंगलवार १५:२२
काठमाडौं  जनगणनामा खटिएका गणकहरूले प्रश्नको उत्तर मनपरी लेखेको पाइएको भन्दै आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संगठनहरुले जनगणना सुरु भएको पाँचौं दिन तथ्यांक विभागको कार्यालयमा पुगी ध्यानकर्षण गराएका हुन्। महानिर्देशक श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ, […]