गजल-सृष्टि सावित्रा

सृष्टि सावित्रा २४ पुष २०७७, शुक्रबार १६:५०


उसको मात्रै जित हुन्छ मत केवल हारमा छु,
यसर्थ मेरो प्रेमको बिमा गर्ने बिचारमा छु,

लाग्दैन मलाई कुनै अपराध गरेर हिँडे जस्तो !
फेरि किनरु कसैको दिलको कारागारमा छु,

केका लागि गरिन्छ प्रेम संधै सोध्छौ तिमी
कसरी जवाफ दिउँ म ,आफैं दोधारमा छु,

रहर थियो मेरा पनि खोली जस्तै बग्ने,
कसैले खनेर बनाएको गहिरो इनारमा छु,

लाग्दैन दुनियाँ देखेको छु आँखा भएर पनि
म आँखा भएको अन्धो हुँ अन्धकारमा छु,

 

Next Post

गजल -वसन्त ओली वसन्ती

२४ पुष २०७७, शुक्रबार १६:५०
गाउँबाट शहरमा आमा बाँचुन्जेल बारम्बार आइपुग्छ छोरालाई हर्लिक्सको डिब्बाहरुमा अचार आइपुग्छ शृङ्गार गरेरै आएको थिएँ , शृङ्गार गर्नु पर्दैन ?भन्यौ तिम्रो पो ढोकाबाट निस्किने बित्तिकै बजार आईपुग्छ मलाई मायाको सट्टामा केवल माया चाहिएको थियो के गर्नू माया दिएकोमा जहिल्यै आभार आइपुग्छ मैले हिरा पाउनु पर्नेको हो कोइला पाए भन्नुभयो बुझ्नुस् […]