गाउँबाट शहरमा आमा बाँचुन्जेल
बारम्बार आइपुग्छ
छोरालाई हर्लिक्सको
डिब्बाहरुमा अचार आइपुग्छ
शृङ्गार गरेरै आएको थिएँ , शृङ्गार
गर्नु पर्दैन ?भन्यौ
तिम्रो पो ढोकाबाट निस्किने
बित्तिकै बजार आईपुग्छ
मलाई मायाको सट्टामा केवल
माया चाहिएको थियो
के गर्नू माया दिएकोमा जहिल्यै
आभार आइपुग्छ
मैले हिरा पाउनु पर्नेको हो कोइला
पाए भन्नुभयो
बुझ्नुस् खातामा तलव काम गरे
अनुसार आईपुग्छ
धेरै नहाँस् छोरा धेरै हाँसेमा रुनुपर्छ
भनेर भन्छ्न्
आमा भयो पिर नगर्नुस् दशै पछि
नै तिहार आइपुगछ