गायिका शान्ति श्री परियारको स्वर तथा सञ्चारकर्मी विना श्रेष्ठको निर्देशनमा नयाँ गीत“न्याय मरेको देश”सार्वजनिक (भिडियो सहित)

चक्र प्रसाद पोख्रेल १ माघ २०७७, बिहीबार २२:४५

काठमाडौं : राईज एण्ड साईन प्रा.लिको प्रस्तुतीम रश्मि शाक्यको गीत न्याय मरेको देश आज एक विशेष कार्यक्र गरेर सार्वजनिक गरिएको छ ।काठमाडौको कमलादीस्थीत राइजिङ मलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए भने अतिथिको रुपमा गायक सीताराम पोख्रेल,यमन श्रेष्ठ,लामा घ्याप्चो रिम्पोच्चे लगायतको उपस्थिती रहेको थियो ।गायीका शान्ति श्री परियारको आवाजमा रहेको गीतलाई संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको भिडियोले नारीहरु माथि घटेका बलात्कार,एसिड काण्ड र छाउ सम्बन्धि कथालाई समेटिएको छ।
कार्यक्रममा बोल्दैप्रमुख अतिथि तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली मा मात्र होइन विदेशमा समेत महिलालाई केहि न केहि कुरामा पछाडी पारिएको बताए।


राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत ,उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ। भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। न्याय मरेको देशमा बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन ।

हेर्नुहोस भिडियो…..

 

 

 

 

 

 

 

 

 

 

Next Post

प्रतिनिधिसभा विघटनको मुद्दामा अझै ढिलासुस्ती

१ माघ २०७७, बिहीबार २२:४५
काठमाडौं : सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्ने भएको छ। करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले […]