दैलेखमा मास्क नलगाई हिड्नेलाई जरिवाना

कर्णालीदृष्टी संवाददाता १३ माघ २०७८, बिहीबार ०७:११

दैलेख । कोरोना भाईरस (कोभीड १९) को तेश्रो लहर फैलीने क्रम बढ्दै जान थालेपछि दैलेखमा पनि मास्क नलगाई हिड्नेलाई जरीवाना गर्न थालीएको छ ।

करीब एक साता अघिदेखी तपाईको मास्क खै ? अभियान थालनी गरेको दैलेख प्रहरीले बुधबारदेखी भने मास्क नलगाइ सार्वजनिक स्थानमा हिँडडुल गर्नेहरुलाई कारबाही गरेको छ ।

सार्वजनिक स्थानमा हिँड्डुल गर्दा, होटल, पसलमा किनमेलका क्रममा मास्क नलगाउने नागरिकहरुलाई एक सय रुपैयाँका दरले जरीवाना गरीएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दैलेखका बिभिन्न स्थानबाट मास्क नलगाउने ५१ जनालाई रु १०० का दरले जरिवाना गरेको दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

यसअघी पनि मास्क नलगाउनेहरुलाई तपाईको मास्क खै ? भन्ने अभियान सञ्चालन गरी मास्क वितरण तथा सार्वजनीक ठाउमा हिडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न अनूरोध गरिएको थियो ।

प्रहरी प्रमुख साहका अनुसार जरिवानाबाट बुधबार पाँच हजार एक सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा दैलेख सदरमुकाम पुरानो बजार,देवकोटा चोक हुदै काडाँचौर बसपार्कको मुख्य बजार क्षेत्रमा ३ हजार मास्क वितरण गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर फेरी बढेपछि नागरीकहरुलई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरीएको हो ।

कार्यक्रममा नेपाल प्रहरी, जिल्लामा क्रियाशिल पत्रकारहरु लगाएतको सहभागीता रहेको थियो ।

Next Post

देशभरका सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिकः दैलेखको जनसंख्या भने घट्यो

१३ माघ २०७८, बिहीबार ०७:११
दैलेख । केन्द्रीय तथ्याँक विभागले बुधबार देशभरका सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा (५ हजार ६४५) रहेको छ । यसैबिच तथ्याँक विभागले […]