लुम्बिनी प्रदेश सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट ।।

कर्णालीदृष्टी संवाददाता २० आश्विन २०७८, बुधबार १९:०४

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् ।

चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११।८२ प्रतिशत विनियोजन गरिएको छ ।

Next Post

आजदेशी दशैँ सुरु, घर घरमा घटस्थापना गरिँदै ।।

२० आश्विन २०७८, बुधबार १९:०४
काठमाण्डौ – आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । […]