नेकपाका १० हजार कार्यकर्ताले मानव साङ्लो बनाएर आज टुँडिखेललाई घेर्ने

कर्णाली दृष्टि संवादाता ६ फाल्गुन २०७७, बिहीबार ०८:२६

 
काठमाडौँ :नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले असंबैधनिक कदम चालेपछि चौथो चरणको आन्दोलन घोषणा गरेपछि बुधबारदेखि आन्दोलनको घोषणा भएको हो । दोस्रोदिन सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहले जनाएको छ ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल-नेपाल समूह पुस ५ पछि आन्दोलित छन् ।
प्रचण्ड नेपाल समूहले बुधबार ५ फागुनदेखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।

Next Post

आज प्रजातन्त्र दिवस, १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भएको दिन

६ फाल्गुन २०७७, बिहीबार ०८:२६
काठमाडौं :आज एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा ७१ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस […]